कांग्रेसको प्रवास प्रचार उपसमितिमा ६१ सदस्य थप « Khabarhub

कांग्रेसको प्रवास प्रचार उपसमितिमा ६१ सदस्य थप


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि गठन गरिएको प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमितिमा ६१ सदस्य थप गरिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाको संयोजकत्वमा रहेको कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रवास मिडिया समन्वय तथा प्रचार–प्रसार उपसमिति आज ६१ सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उपसमितिमा थप भएका सदस्यले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विदेशमा बसेर नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जनमत सिर्जना मिडियामार्फत भूमिका खेल्ने कांग्रेसले जनाएको छ ।

यसअघि कांग्रेसले निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका प्रतिनिधिको प्रचार–प्रसारलाई व्यवस्थित बनाउन पार्टीका प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ८ : ५३ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ