हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की « Khabarhub

हामी आश्वासन होइन, विकास गर्छौँ : मन्त्री कार्की


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस झुठा आश्वासनभन्दा पनि विकासप्रेमी पार्टी भएको बताएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका–७ घुस्कीमा आज आयोजित पार्टी प्रवेश तथा सुनावीसभामा उनले नेकपा (एमाले)का उमेदवारले झुठा सपना देखाएर जनतालाई भुलाउने गरेकाले मुलुकको हित र विकासमा कहिल्यै ध्यान नदिएको बताए । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर ४ का उम्मेदवार रहेका सरकारका प्रवक्ता कार्कीले कांग्रेस सपना बाँड्ने पार्टी नभइ सपना पूरा गर्ने पार्टी भएको दाबी गरे ।

‘विकास विनाको राजनीति खोक्रो नारा मात्रै हुने भएकाले कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्छ’, मन्त्री कार्कीले बताए । एमालेले मुलुकमा दुईपटक प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र र प्रजातन्त्रलाई सखाप गर्ने तथा अधिनायकवाद शासन व्यवस्था स्थापित गर्न खोजेको उनको आरोप छ ।

कांग्रेस कुनै एउटा जात, धर्मको पार्टी नभइ सबै जातजाति, भाषाभाषीको साझा पार्टी भएकाले नेपाली जनताको हितका लागि हरेक समयमा जनताको पक्षमा उभिएको मन्त्री कार्कीले दाबी गरे । मुलुकको विकास, संविधान, लोकतन्त्रको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति गर्ने पार्टी कांग्रेस भएकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि आग्रह गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४९ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट