रसुवाको धार्मिक मार्गमा रेडपाण्डा | Khabarhub Khabarhub

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रसुवा – गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ । हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो ।

संरक्षण प्रभावकारी हुँदै गएका कारण समुद्र सतहदेखि करिब तीन हजार मिटरभन्दा माथिका जङ्गलमा रेडपाण्डा देखिन थालेको लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार विशेष संरक्षणअन्तर्गत निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना विष्णुदल गणको नियमित गस्ती तथा अन्य चौपाय तथा मानिसको बस्ती नभएका कारण चन्दनबारीको माथिल्ला भाग चोलाङपाटी जङ्गल क्षेत्रमा रेडपाण्डा फाट्टफुट्ट देखिन थालेको हो ।

लजालु स्वभाव रहेको रेडपाण्डाले रातका समयमा रूखको टोड्कामा बास लिने र दिउँसोको लागि रूखका हाँगा बसी आराम गर्ने, भोक लागेको बेला निगालोको टुसालगायत झारपात खान भुइमा झर्ने संरक्षण अधिृकत भट्टराईले जानकारी दिए । सन् १९८७ मा वन्यजन्तु विज्ञ डा प्रह्लाद योङ्जेनको अध्ययनले चन्दनबारी तथा चोलाङपार्टी क्षेत्रमा रेडपाण्डाको पाइने पत्ता लागेको थियो ।

यसपछि लाङटाङ राष्ट्रिय निकुञ्ज मार्फत रेडपाण्डा संरक्षण गरिँदै आइएको छ । गोसाइँकुण्ड तीर्थ गर्न जाने हिन्दू एवं बुद्ध धर्मावलम्बी र हिमाली प्रकृतिको छटा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकसमेतले यात्राको क्रममा रेडपाण्डा अवलोकन गर्न सहज भएको जनाइएको छ । प्रमुख संरक्षण अधिकृत भट्टराईले रेडपाण्डा संरक्षणमा सबैको हातेमालो आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ६ : ५३ बजे

सर्पलाई माया गर्न सिकाउने पर्व ‘नागपञ्चमी’

नेपाल साँच्चै चमत्कारले भरिएको एउटा अद्भुत देश हो। यहाँको प्राकृतिक

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बस्दै, लामाविरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक आज (मंगलबार)

नागपूजा माटो र मौसमी सन्तुलनको प्रतीक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिका बैठक आज

थारु समुदायले आज मौलिक पर्व ‘गुरही’ मनाउँदै

कैलाली– थारु समुदायले आज (मंगलबार) ‘गुरही’ पर्व उल्लासपूर्वक मनाउँदै छन्