राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा « Khabarhub

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धन बलियो, एमाले एक्लै प्रतिष्पर्धामा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल – राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ ।

१२ माघमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनसँग प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी प्रतिष्पर्धामा उत्रिँदै छ ।

सत्तारुढ गठबन्धनबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रुपन्देहीका तुलबहादुर विश्वकर्मा प्रतिष्पर्धामा छन् ।

एमालेबाट दाङका रामदायल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी प्रतिष्पर्धामा छन् । सत्ता गठबन्धनको मतभार जोड्दा विपक्षी एमालेकोभन्दा बढी देखिएको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका ३८ सांसद र ८७ पालिकाका प्रतिनिधिको गरी ३ हजार ३९० मतभार छ । विपक्षी गठबन्धनमा कांग्रेसका १९ सांसद र ६६ पालिकाका प्रतिनिधि गरी २ हजार १०० मतभार र माओवादी केन्द्रका १९ सांसद र ४२ पालिकाका प्रतिनिधि गरी १६ सय ६८ मतभार रहेको छ । कांग्रेस र माओवादी केन्द्रको मतभार जोड्दा ३ हजार ७६८ छ ।

गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका १ सांसद र पाँच पालिकाका प्रतिनिधि गरी १३८ मतभार छ । त्यस्तै जसपाका ६ सांसद र १४ पालिकाका प्रतिनिधि गरी ४४४ मतभार छ । त्यस्तै राप्रपाका २ र स्वतन्त्रबाट निर्वाचित १ जनाको गरी १४४ मतभार छ ।

राष्ट्रियसभामा लुम्बिनी प्रदेशबाट रिक्त रहेका महिला, दलित र अन्य समुदायका गरी तीन जनाका लागि निर्वाचन हुँदैछ । जसमा लुम्बिनी प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २९३ जना मतदाता रहेका छन् । घोराही कर्मचारी मिलन केन्द्रमा मतदान हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ९ : ४५ बजे

झन्डै ‘गोट’ हुने यात्रा छुटेको !

काठमाडौँ – त्यो अर्जेन्टिनाको सेतो–निलो तीन तारे जर्सी लगाएर लियोनल

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो