‘कौसीद’ टिजरमा फरक भोलाराज « Khabarhub

‘कौसीद’ टिजरमा फरक भोलाराज


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वित्तिय ऋणको चपेटामा परेका पात्रको भोगाईलाई प्रस्तुत गरिएको फिल्म ‘कौसीद’को फर्स्ट लुक टिजर सार्वजनिक भएको छ । अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा तयार भएको फिल्मका निर्देशक कुमार भास्कर हुन् ।

भास्करले कोभिड महामारीकाबीच फिल्मको छायांकनसँगै पोष्ट प्रोडक्सनको काम सकाउँदै पहिलो मुहार सार्वजनिक गरिएको बताए ।

टिजरमा पिँजडामा खरायो बोकेको अवस्थामा अभिनेता भोलाराज सापकोटा एक्लै फिचर्ड छन् । निर्देशक भास्करले टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्ने जनाए ।

फिल्ममा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराई मुख्य भुमिकामा छन् । फिल्मको निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह–निर्मातामा लक्ष्मण बानियाँ छन् ।

निर्देशक भास्करकै पटकथामा बनेको फिल्मको कथा लेखन नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन् । निसाल पौडेलले छायांकन गरेको फिल्ममा मित्र डि. गुरुङ र भिम विश्वकर्माको सम्पादन रहेको छ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ३२ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले