खेलकुद

लिग वान फुटबल : रोहित सहभागी पर्सिजा बराबरीमा रोकियो

By खबरहब

February 06, 2022

काठमाडौं । इन्डोनेसियाको लिग वान फुटबल अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता बराबरीमा रोकिएको छ ।

शनिबार रातिको खेलमा पर्सिजा शीर्ष स्थानको एरिमा एफसीसँग १–१ को बराबरीमा रोकिएको हो ।

पर्सिजाले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ४० औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाई अग्रता दिलाएका थिए । दोस्रा हाफको ५७ औं मिनेटमा कार्लोस फोर्टेसले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् ।

एरिमाविरुद्ध रोहित पुरै समय मैदान थिए । यो बराबरीसँगै पर्सिजाले २३ खेलमा ३३ अंक बनाएको छ ।