विपन्न युवालाई करोडौँ राजश्व छलीको मुद्दा     | Khabarhub Khabarhub

 विपन्न युवालाई करोडौँ राजश्व छलीको मुद्दा    


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका–८ लागर्चेका विपन्न युवालाई करोडौँको राजश्व छलीको मुद्दा लागेको छ । तर राजश्व छलीमा फसाउने र राजश्व नतिर्ने ठगहरूले उन्मुक्ति पाएका छन् ।

सिन्धुपाल्चोक लागर्चेका युवाहरूले जागिर र पाँच हजार रुपैयाँको प्रलोभनमा पाँच वर्षअघि अन्जान व्यक्तिलाई आफ्नो नागरिकता दिनुका साथै बैंक खाता खोल्ने र नपढी कागजमा हस्ताक्षर गरेका थिए । पाँच वर्षपछि अदालतले ‘तिम्रो नाममा खोलिएको कम्पनीले १२ करोड राजश्व छली गरेको’ भन्दै भुक्तानीको लागि पत्र काटेपछि २४ वर्षका पुरुषोत्तम धिताल राजश्व छली मुद्दामा कहिले पक्राउ पर्ने त्रासमा छन् ।

धितालसँगै लागर्चे गाउँका दीपक अधिकारी र दीपक भुजेलको नाममा पनि राजस्व अनुसन्धान विभागले उस्तै व्यहोराको पत्र पठाएको छ । राजस्वले काटेको पत्रमा उनीहरुको नामक कम्पनी दर्ता भएर कारोबार भएको छ । तर यी युवाहरू गाउँमा सामान्य मजदुरी गरेर बसिरहेका छन्, कोही काठमाडौँ जागिर गर्दै छन्, कोही रोजगारीको लागि विदेशमा छन् ।

सम्पर्कमा आएका १३ जना युवाले गाउँकै युवराज खड्कामार्फत पैसा पाइने लोभमा लक्ष्मण यादवलाई नागरिकता बुझाएको बताएका छन्  । राजश्व छलीमा परेपछि राजन भुजेलको दुई वर्षदेखि काम गरेको तलब खातामा रोकिएको छ ।

अदालतका कर्मचारीले उनीहरूको नाममा दर्ता भएको कम्पनीले झन्डै १२ करोड रुपैयाँको कर छलेको र मुद्दा सुरु भएपछि धरौटीमा छुट्दा पनि कम्तीमा २० लाख रुपैयाँ लाग्न सक्ने बताए ।

गाउँका सोझा साझा युवालाई राजश्व छलीको आरोपमा फसाउने लक्ष्मण राय यादव यसअघि किर्ते मुद्दामा तीन वर्ष सजाय पाएका व्यक्ति हुन्। यादव जस्ता व्यक्तिहरूले  कम लेखपढ भएका र जागिरको खोजीमा रहेका युवाहरूका नाममा कम्पनी खडा गरी राजश्व छली गरी कानुनी झमेलामा पारेका छन् ।

गाउँका युवाका नाममा कसैले कम्पनी खोलेर करोडौँको राजस्व छली भएको भन्ने घटनाबारे जानकार रहेको लागर्चेका वडाध्यक्ष विष्णु खड्काले बताए।

मेलम्ची बजारबाट करिब १२ किलोमिटर उत्तरमा रहेको लागर्चेका युवाहरू ठगको जालोमा परेर राजश्व छलीको अभियोग मुद्दामा फसेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ११ : ०० बजे

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र