बर्नलीमाथि चेल्सीको शानदार जित « Khabarhub

बर्नलीमाथि चेल्सीको शानदार जित


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार राति भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले शानदार जित निकालेको छ ।

बर्नलीमाथि चेल्सीले ४-० को जित दर्ता गरेको हो । चेल्सीको जितमा काइ हाभर्ट्जले दुई गोल गरे भने रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको बर्नलीले दोस्रो हाफमा चार गोल खाएको हो । खेलको ४७ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ५२ मिनेटमा हाभर्ट्जको गोलबाट चेल्सीले अग्रतार दोब्बर बनायो ।

त्यसको तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै
हाभर्ट्जले चेल्सीलाई ३-० को अग्रतामा पुर्याए ।

थप एक गोल खेलको ६९ औं मिनेटमा पुलिसिचले गरे । यो जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेको छ । चेल्सी तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ५ : ५२ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ