दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग « Khabarhub

दमौलीको आगो नियन्त्रणमा हेलिकप्टर प्रयोग


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बिहान १० बजेदेखि लागेको तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु-याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइ रहेका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । प्रहरी नायब उपरीक्षक युवराज खड्काले आगो निभाउने प्रयास भइरहेको बताए। “कति घरमा क्षति भयो भन्न अहिले सकिने अवस्था छैन”, उनले भने । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  १ : २४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको