आईपीएल : बैंगलोरको दोस्रो जित, राजस्थान पराजित « Khabarhub

आईपीएल : बैंगलोरको दोस्रो जित, राजस्थान पराजित


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ।

वान्खडे स्टेडियममा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

राजस्थानले प्रस्तुत गरेको १ सय ७० रनको चुनौती बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो।

बैंगलोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए भने दिनेश कार्तिकले ४४ रन जोडे।

कप्तान फाप डु प्लेसिसले २९ रन बनाउँदा अनुज रावतले २६ रन बनाए। राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले दुईदुई विकेट लिए।

राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले।

सिम्रन हिटमायरले अविजित ४२ रन जोड्दा देबदुत पडिकलले ३७ रन बनाए। बैंगलोरका डेभिड विलि, वानिन्दु हसरंगा डा सिल्भा र हर्सल पटेलले १-१ विकेट हात पारे।

यो जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक बनाएको छ। उ तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ३९ बजे

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र

फागुन १५ मा ‘प्रवासी जीवन’

काठमाडौँ– महानायक राजेश हमाल अभिनित नयाँ फिल्म ‘प्रवासी जीवन’ आगामी