आईपीएल : बैंगलोरको दोस्रो जित, राजस्थान पराजित « Khabarhub

आईपीएल : बैंगलोरको दोस्रो जित, राजस्थान पराजित


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ।

वान्खडे स्टेडियममा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ४ रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो।

राजस्थानले प्रस्तुत गरेको १ सय ७० रनको चुनौती बैंगलोरले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो।

बैंगलोरको जितमा शाहबाज अहमेदले सर्वाधिक ४५ रन बनाए भने दिनेश कार्तिकले ४४ रन जोडे।

कप्तान फाप डु प्लेसिसले २९ रन बनाउँदा अनुज रावतले २६ रन बनाए। राजस्थानका ट्रेण्ड बोल्ट र युजभेन्द्र चाहलले दुईदुई विकेट लिए।

राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। राजस्थानका लागि जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले।

सिम्रन हिटमायरले अविजित ४२ रन जोड्दा देबदुत पडिकलले ३७ रन बनाए। बैंगलोरका डेभिड विलि, वानिन्दु हसरंगा डा सिल्भा र हर्सल पटेलले १-१ विकेट हात पारे।

यो जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक बनाएको छ। उ तालिकाको छैटौं स्थानमा छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ३९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको