ट्विटरका सबैभन्दा ठूला लगानीकर्ता इलन मस्कसँग कति कित्ता शेयर ? « Khabarhub

ट्विटरका सबैभन्दा ठूला लगानीकर्ता इलन मस्कसँग कति कित्ता शेयर ?


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेस्ला कम्पनीका प्रमुख इलन मस्कले सामाजिक सञ्जाल ट्विटरको ९.२ प्रतिशत शेयर खरिद गरेका छन् । बीबीसीले जनाएअनुसार मार्च १४ मा टेस्ला कम्पनीका प्रमुख कार्यकारी मस्कको नाममा ट्विटरका ७ करोड ३४ लाख ८६ हजार ९ सय ३८ कित्ता शेयर छन् ।

यसअनुसार शुक्रबार बजार बन्द हुनुअघि ट्विटरको शेयर मूल्यका आधारमा मस्कको स्वामित्वमा रहेको शेयरको मूल्य २ अर्ब ८९ करोड रहेको जनाइएको छ ।

योसँगै मस्क ट्विटरमा सबैभन्दा धेरै शेयर रहेका लगानीकर्ता भएका छन् । ट्विटरका संस्थापक ज्याक डोर्सीको ट्विटरमा स्वामित्व केबल २.२५ प्रतिशत छ ।

८ करोड फलोअर्स रहेका मस्क ट्विटरमा निकै सक्रिय छन् । उनले बेलाबेला ट्विटरको आलोचना समेत गर्दै आएका छन् । गत महिनाको अन्त्यतिर मस्कले ट्विट गर्दै आफ्ना फलोअर्सलाई ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त कार्यान्वयन गरेको वा नगरेको भनी सोधेका थिए ।

उनले ‘पोल’ गर्दै लेखेका थिए– ‘वाक् स्वतन्त्रता गतिशील लोकतन्त्रका लागि अत्यावश्यक छ । के तपाईँहरूलाई ट्विटरले यसका सिद्धान्त कडाइका साथ पालना गरेको विश्वास लाग्छ ?’

मस्कको पोलमा अधिकांशले लाग्दैन वा छैन भन्ने जवाफ दिएका थिए । यससँगै मस्कले कुनै नयाँ सामाजिक सञ्जाल खोल्ने वा ट्विटर नै खरिद गर्ने हल्ला थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : २२ बजे

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ