तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै | Khabarhub Khabarhub

तेश्रो दिन पनि मारिउपोलबाट सर्वसाधारणलाई बाहिर निकालिँदै


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणको चपेटामा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने कार्य तेश्रो दिन पनि जारी रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले शहरबाट सर्वसाधारणको उद्धार गर्ने कार्य तेश्रो दिन पनि जारी रहेको जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

गुटरेजले ‘मानिसहरुलाई नर्कबाट निकाल्न’ हरसम्भव प्रयास हुनुपर्नेमा समेत जोड दिएका छन् । मारिउपोल शहरमा युक्रेनी फौजको नियन्त्रणमा रहेको एजोभस्तल औद्योगिक क्षेत्रमा अझै पनि २ सय जनाजति सर्वसाधारण फसिरहेको बताइएको छ ।

तीमध्ये २० जना बालबालिका रहेको र उनीहरु फसेको स्थानमा खानेकुरा र पानीको चरम अभाव रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वसाधारणको उद्धार कार्य जारी रहेपनि शहरमा लडाइ भने जारी रहेको बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नियमित सन्देशमा रुसी फौजले औद्योगिक क्षेत्रमा गोलाबारी र नियन्त्रण जमाउने प्रयासलाई निरन्तरता दिएको जनाएका छन् ।

यता रुसले भने एजोभस्तल क्षेत्रमा आफ्ना फौजले आक्रमण नगरेको बताउँदै आएको छ । रुसले बिहीबारबाट सो क्षेत्रमा मानवीय करिडोर खोल्नका लागि एकतर्फी युद्धविराम पनि घोषणा गरेको जनाइएको छ ।

यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने मारिउपोलमा सर्वसाधारणलाई सुरक्षित मार्ग दिन आफूहरु तयार रहेको बताएका छन् । यद्यपि यसका लागि युक्रेनी फौजले आत्मसमर्पण गर्नुपर्ने उनको अडान छ ।

राष्ट्रपति पुटिनले यसअघि नै मारिउपोल जितेको दाबी गरिसकेका छन् । मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : २२ बजे

एमालेले भन्यो : अध्यक्ष ओलीबारेका जथाभावी आरोपमा कांग्रेसले लिखित माफी माग्नुपर्छ

काठमाडौं –  सत्ता साझेदार नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध

सडक काट्ने बालेनको कदमविरुद्ध उत्रिए न्यूरोडबासी (तस्बिरहरू)

काठमाडौं- न्यूरोड क्षेत्रको सडक काटेर फुटपाथ फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर

फार्महाउस होटल र प्रभु बैंकबीच सम्झौता

पोखरा–  मनाङमा अवस्थित फार्महाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना

महिलालाई ढाकाको कपडा बुन्ने तालिम

तनहुँ– तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम

उपेन्द्रका दुवै रिट प्रधानन्यायाधीश श्रेष्ठ र न्यायाधीश मुसलमानको इजलासमा, सुनुवाइ सम्भावना न्यून

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक