धिरजको पर्खाई « Khabarhub

धिरजको पर्खाई


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘इन्टु मिन्टु लन्डन’ बाट धिरज मगरको डेब्यु राम्रै भएको भयो । फिल्म औसत भए पनि दर्शकले उनलाई खुला हृदयले स्वागत गरे । दर्शक त्यसयता उनलाई पर्दामा हेर्न आतुर छन् । तर, त्यो संयोग भने जुरेको छैन । धिरजलाई डेब्यु गराउने कोरियोग्राफर तथा निर्देशक रेनाशा बान्तवा राईले उनैलाई लिएर ‘आई एम ट्वान्टी वान’ निर्माण तथा निर्देशन गरेकी छिन् । 

यद्यपि फिल्मको अझै रिलिज डेट घोषणा भएको छैन । निर्माता प्रज्वल राणासँग विवाह गरेकी रेनशा आम बन्दैछिन् । यसैले गर्दा पनि ‘आई एम ट्वान्टी वान’ झट्टै रिलिज हुने सम्भावना छैन । यद्यपि उनले अभिनय गरेको तेस्रो फिल्म ‘बाबरी’ ले भाद्र ३१ लाई रिलिज तय गरेको छ । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरजले अदिति बुढाथोकीसँग स्क्रिन सेयर गरेका छन् । 

लभ स्टोरी जनरा रहेको फिल्ममा दर्शकको माया पाउने विश्वास गरिएको धिरजलाई दर्शकले दोस्रो फिल्म हेर्न पर्खेको  लामो समय भइसकेको छ । धिरजको लागि पर्खाइको फल मिठो होला या नहोला ? यो भने आउँदा दिनले नै बताउने छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : १५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख