सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट « Khabarhub

सभामुख सापकोटा र डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा र नेपाल भ्रमणमा रहेको डेनिस प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भएको छ ।

संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र डेनमार्कबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षमा दुई देशबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गरेका थिए । सापकोटाले शिक्षा, उर्जा, सुशासन र विकेन्द्रीकरणको क्षेत्रमा डेनमार्कले गरेको सहयोगका लागि डेनिस सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका थिए ।

सभामुख सापकोटाले डेनमार्क सुशासनका लागि चर्चित र स्थापित रहेको चर्चा गर्दै यसबाट नेपालले पनि सिक्न चाहेको बताए । नेपालका राजनीतिक दलसँग सहकार्य गर्ने प्रतिनिधिमण्डलको प्रस्ताव सकारात्मक रहेको बताउँदै सभामुख सापकोटाले दुई देशबीच जनताको तहसम्म सम्बन्ध विस्तार गर्नु पर्नेमा जोड दिए ।

उनले सुशासन, जलवायु परिवर्तन, व्यापार र पर्यटनका क्षेत्रमा सककार्यको सम्भावना औंल्याउँदै नेपालको विकासमा डेनमार्कको सहयोग रहने विश्वास व्यक्त गरेका थिए । भेटमा प्रतिनिधिमण्डलका प्रमुख ‘डेनिस इस्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी’ (डीआईपीडी) की कार्यकारी निर्देशक लिस्बेथ पिलगार्डले आफ्नो टिमसँग छलफलको समयका लागि आभार व्यक्त गरिन् ।

उनले डेनमार्कको संसदको संस्था डीपीआईडीले लोकतन्त्र र राजनीतिक दलहरुसँग सहकार्य गर्दै आएको बताइन् । डीआईपीडी नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न चाहेको बताउँदै पिलगार्डले जलवायु परिवर्तनको विषयमा सहकार्यका लागि छलफल गर्ने जानकारी दिइन्। समुन्द्रले घेरिएको देश डेनमार्कका नागरिक हिमालले घेरिएको नेपाल घुम्ने चाहना राख्ने गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १८ बजे

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा