पाँच डीआईजी एआईजीमा बढुवा « Khabarhub

पाँच डीआईजी एआईजीमा बढुवा


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पाँचजना डीआइजीलाई एआईजीमा बढुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । डीआईजीहरू उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भए छन् ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो । डीआईजी सुवेदी हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन् । यस्तै, बिसीले १ नम्बर प्रदेश प्रहरी कार्यालय र लोहनीले गण्डकी प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेका छन् ।

डीआईजी आचार्य प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग, कार्य निर्देशनालयमा कार्यरत छन् भने सिंह वाग्मती प्रदेश प्रहरी कार्यालयको नेतृत्व गरिरहेकी छन् ।

 

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ७ : ३१ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले