प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्नेमा मन्त्री रेग्मीको जोड  « Khabarhub

प्राप्त अधिकार संस्थागत गर्दै थप सङ्घर्ष गर्नुपर्नेमा मन्त्री रेग्मीको जोड 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाको विषयमा प्राप्त अधिकार संस्थागत गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्नेमा जोड दिएकी छिन् । राष्ट्रिय महिला आयोगद्वारा आज आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त महिलाको हक अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

मन्त्री रेग्मीले भनिन्, ‘संविधानमा महिलाको शिक्षा, स्वास्थ्य, राज्यका निकायमा प्रतिनिधित्वको सवाललाई सुनिश्चित गरिएको छ, तर त्यसलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्न महिलाहरूले नै सङ्घर्ष गर्नुपर्ने छ ।’ उनले महिलाहरूका लागि आरक्षण सदाका निम्ति नभएर राज्यका हरेक संरचनामा महिला र पुरुष बराबरी नभएसम्मका लागि मात्रै भएको प्रस्ट पारिन् । मन्त्री रेग्मीले अन्य विभिन्न देशको तुलनामा नेपालमा महिलाहरूको सक्रियता, सहभागिता बढ्दै गएको उल्लेख गर्दै अझै मुख्य जिम्मेवार पद र राज्यको नीति निर्माण तहमा समान सहभागिताका निम्ति स्थानीय निकायबाटै पहल सुरु गर्नुपर्ने धारणा राखिन् । 

महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्यका लागि भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयनसँगै घर–घरमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । मन्त्री रेग्मीले भनिन्, ‘महिला हिंसाको जरो घरभित्रै छ, त्यसलाई अन्त्य गर्न घरभित्रबाट प्रयास थाल्नुपर्छ, अब त्यसबारेमा महिलालाई मात्रै होइन, महिला र पुरुषलाई सँगै राखेर तालिम दिनुपर्छ ।’ महिला आयोगका अध्यक्ष कमला पराजुलीले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितामा जोड दिइन्। 

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : ०५ बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा