प्रज्ञा–प्रतिष्ठानले थाल्यो नेपाली काव्यविधाका प्रयोगबारे विमर्श « Khabarhub

प्रज्ञा–प्रतिष्ठानले थाल्यो नेपाली काव्यविधाका प्रयोगबारे विमर्श


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (पद्य–काव्य) विभागले नेपाली काव्यविधामा भएका प्रयोगका बारेमा विमर्शको थालनी गरेको छ।

विगभाद्वारा शुक्रबार ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक विमर्श कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममाा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, ‘साहित्यमा प्रयोग हुन्छ तर त्यसको सार्थकतापछि गएर ग्रहणशीलतामा हुन्छ। यसमा स्थायित्व हुनु महत्वपूर्ण छ।’

प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले प्रतिष्ठानले साहित्यका क्षेत्रमा उठ्ने विभिन्न समस्या वा विवादका विषयलाई एक ठाउँमा राखेर छलफल गराउने र समाधान निकाल्ने प्रयास गरेको जनाए । विभागका प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली कविता विधामा भइरहेका प्रयोगले नेपाली कविता-काव्य विधालाई समृद्ध बनाउने विचार व्यक्त गरे ।

गोष्ठीमा डा यज्ञेश्वर निरौलाले ‘नेपाली कविताका लघुतम उपविधा’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै हालसम्म कविताका विधामा मुक्तक, हाइकु, सिजो, ताङ्का, सेन्यु, सेदोकाक, रुबाइ, एलाक, साइनो, कोपिला, बाछिटा, सुसेली, उदक, खोरिया, क्रिमुक, झर, छेस्का, तप्कना, पिरामिड, रम्बास, टुक्रा, छोक, कुट पद्य, सायरी, दोहा, सोरठा, चौपाइ, आल्हा, पुरबी, केस्रा, खिचडी, यग्मक, आगो, शीत, तियाली, पञ्चाङ्ग आदि गरी ३६ वटा उपविधा आएको बताए । उनले कविताका ती लघुतम विधा तथा उपविधाको उत्पति, प्रयोग, प्रयोक्ता, वर्तमान अवस्था र भविष्यका बारेमा समेत उल्लेख गरे।

डा निरौलाको गोष्ठीपत्रमाथि परिपूरक समीक्षा गर्दै समालोचक प्रा डा भरतकुमार भट्टराईले हामीले थालेका अभियान वा प्रयोगले इतिहास बनाउन र प्रयोक्ताहरू जन्माउन सकेमा मात्रै यसको सार्थकता पुष्टि हुने विचार व्यक्त गरे। डा विन्दु शर्माले कति विधा स्थापित भए र कति हुने क्रममा छन् भन्ने विषयमा गोष्ठीले टेवा पुग्ने बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ४४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको