ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरे : रवि लामिछाने « Khabarhub

ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरे : रवि लामिछाने


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ठूला पार्टीका नेताहरूले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । 

 राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष लामिछानेले देशका ठूला दलका नेता र मन्त्रीहरू नै भष्ट्रचारमा लिप्त् भएको भन्दै अब देशको ढुकुटी रोक्न पनि नेपाली जनताले आगामी चुनावमा ठूला दलहरूलाई पाखा लगाउनुपर्ने बताए  । उनले ठूला पार्टीहरूले नेपाली जनतालाई आश्वासन मात्र बाँडेँर सत्तामा पुगेपछि देशको ढुकुटी सकेको आरोप लगाए । लामिछानेले ठूला दलका नेताहरूले नेपाली जनताले गर्व गर्न लायक काम एउटा पनि नगरेकोमा खेद प्रकट गर्दै ठूला दलका नेताहरूलाई आउँदो मंसिर ४ को चुनावमा जनतासँग भोट माग्ने नैतिकता नभएको बताए ।

अध्यक्ष लामिछानेले आफूहरू २४ सैं घण्टा नागरिकको समस्या सुन्ने वातावरण बनाउने तयारीमा लागेको बताउँदै भ्रष्टाचारलाई न्यूनिकरण गर्न, जनताको असली शासन व्यवस्था ल्याउन आफू राजनीतिमा आएको जानकारी दिए । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ७ : ५५ बजे

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार