गठबन्धनले पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली « Khabarhub

गठबन्धनले पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्छ : ओली


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनले फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमाले प्रदेश सम्पर्क कमिटी प्रदेश १ भेलालाई सम्बोधन गर्दै ओलीले १ वर्षको अवधिमा नै वर्तमान गठबन्धनको सरकारले मुलुकलाई संकटको बाटोतर्फ अघि बढाएको भन्दै फेरी पनि पाँच वर्ष सरकार चलाए मुलुक अस्थिपञ्जर बन्ने बताएका हुन् ।

उनले देश बचाउन, देशलाई अघि बढाउन र देशको विकास गर्न एमालेको बहुमत आवश्यक पर्ने बताए । ओलीले यसपटकको निर्वाचनमुखी महासंग्राम जसरी भएपनि राष्ट्रवादी देशभक्ति शक्तिले जित्नुपर्ने बताए । एसपीपीका नाममा विदेशी हतियार भित्राएर नेपाली युवाहरूलाई बर्बाद पर्नेहरूलाई जनताले ठिक पार्नुपर्ने उनको भनाई छ । ओलीले कम्युनिष्ट पार्टी भन्नेहरू एमालेको सरकार ढाल्न कांग्रेसको पुच्छर बनेको तर्क समेत गरे ।

उनले समृद्ध नेपाली, सुखी नेपालीको आकाङ्क्षालाई पुरा गर्नका लागि एमालेमा जोडिन आह्वान समेत गरे ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ८ : ०५ बजे

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार