जगदीप धनखड बने भारतको उपराष्ट्रपति « Khabarhub

जगदीप धनखड बने भारतको उपराष्ट्रपति


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । उपराष्ट्रपतिको निर्वाचनमा कुल खसेको मतमध्ये ५ सय २८ प्राप्त गरि धनखड निर्वाचित भएका हुन् ।

उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् ।

भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ । धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । जुलाई महिनामा भएको राष्ट्रपति चुनावमा भाजपाकी उम्मेदवार द्रौपदी मूर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ९ : ५० बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।