‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’ « Khabarhub

‘सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको महत्वपूर्ण भूमिका हुन्छ’


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारलाई सही बाटोमा हिँडाउन नागरिक अगुवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

राष्ट्रिय नागरिक विकास समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए । मन्त्री कुँवरले राष्ट्र र जनताको हितमा आफूले मन्त्री भएर सक्दो योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

‘श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा उत्साहित तुल्याउने गरी काम गर्नेछु’, उनले भने।

उनले मन्त्री पद अस्थायी पद भएकाले आफू मन्त्री हुँदा उत्साहपूर्वक ढङ्गले काम गर्ने उल्लेख गरे । मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन जरुरी रहेको बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उहाँको भनाइ छ ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  १० : १४ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।