महोत्तरी बाढीको वितण्डा : सयौँ बिघा धान खेत डुबानमा « Khabarhub

महोत्तरी बाढीको वितण्डा : सयौँ बिघा धान खेत डुबानमा


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बर्षासँगै बाँध भरिएर पानी कुलोमा सोझिँदा महोत्तरी एकडारा–६ कि सरस्वती यादव अहिले निक्कै चिन्तित छन् । रातु नदीबाट सोझै कुलोमा थेग्नै नसक्ने पानी खेतमा पसेपछि सरस्वतीको करिब एक बिघा खेत डुबानमा परेको छ ।

अव्यवस्थित कुलोमा आएको पानी खेत र बारीमा पसेपछि त्यहाँ लगाइएका तरकारी र खेतमा क्षति हुन पुगेपछि  सरस्वती चिन्तित बनेकी हुन् । बाँध र कुलो व्यवस्थित हुन नसक्दा सरस्वती मात्र हैन रामवती मण्डलको पनि उस्तै अवस्था छ । बर्षात्को कारण बर्सेनि डुबानको समस्या झेल्दै आएकी मण्डलले अघिल्ला वर्षको तुलनामा यस वर्ष बढी क्षति व्यहोर्नुपरेको बताउँछिन् ।

थोरै खेतमा हुने उत्पादनबाट ५ जनाको परिवार धान्दै आएकी रामवतीलाई यसपालि कसो गर्ने होला भन्ने चिन्ता थपिँदै गएको छ । ‘अब खै यसपालि त भोकमरी नै लाग्ला जस्तो छ,’ उनले भनिन् । सरस्वती र रामवतीको जस्तो खेतबारी डुबान मात्र हैन एकडारा –६ गनरापुरामा कयौँ घरसमेत बाढीको चपेटामा परेका छन् ।

गनरापुराका कै  रविशंकर दासको परिवार यति बेला घर न घाटको बनेका छन् । कुलोसँगै जोडिएको उनको घर डुबानमा परेको छ । पानी पस्न नपाएको एउटा कोठामा परिवारका सबै सदस्य बसेर गुजरा गरिरहेको दासले बताए ।

बाढीले खेत गेग्रानमा परिणत भएका छ । लगाइएको धानबाली नष्ट भएको छ भने खेल पोखरीजस्तै देखिएका छन् । बाढीले सडक सञ्जाल पनि नोक्सान गरेको छ ।

‘सानो वर्षापछि आएको बाढीले त वितण्डा मच्चाइरहेको छ भने ठूलो वर्षा भएमा के हुन्छ होला,’ ७० वर्षीय सुरदेव यादव चिन्ता व्यक्त गर्छन् । अघिल्लो वर्ष रातु नदीको २ सय घर परिवारलाई नोक्सान पुर्‍याएको थियो ।

हामीलाई यो कुलोले निक्कै समस्या बनाउँदै आएको छ । बसेनि यही कुलाको  कारण धेरै घरबारविहीन बन्नुपरेको थियो,’ विगत सम्झिँदै जगदिश दास भन्छन् ।

कुलोमा आउने बाढीले एकडाराको गनरापुरा मात्र हैन पर्सा, बटुलिया, कन्कार, सखुवा, हलखोरी,  थरवाइ, सक्री, नेनी, बासुपट्टीलगायत स्थान डुबानमा पर्ने गरेका छन् ।

यस वर्ष आएको बाढीले करिब तीन सय बिघा खेत डुबानमा परेको छ भने ३० घरपरिवार  जोखिममा छन् । स्थानीय सरकारले आफूहरूको समस्यालाई बेवास्ता गरेको पीडितहरूको गुनासो छ । तर, उनीहरुको समस्याप्रति आफूहरूको ध्यानाकर्षण भएको एकडाराका गाउँपालिकाका अध्यक्ष दिपनारायण यादवले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १२ : ४१ बजे

सानातिना विवादमा गोली चल्नु सुरक्षा संयन्त्रको कमजोरी हो : खुस्बु ओली

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले

नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन

काठमाडौँ– नागढुंगा–सिस्ने खोला सुरुङमार्गको आज उद्घाटन गरिँदैछ । नागढुङ्गा सुरुङमार्ग

सुरक्षा कमान्डर नहुँदा सुनसरीमा हिंसात्मक झडप: गृहमन्त्री र प्रहरी प्रमुखमाथि उठ्यो प्रश्न

काठमाडौँ – सशस्त्र प्रहरी बलका ८ वटा गणका गणपतिहरूको एकवर्षे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ