वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती « Khabarhub

वर्षौंदेखि बेलहिया–भैरहवा सडक अलपत्र, पर्यटकलाई सास्ती


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – नेपाल–भारत सीमा नाका बेलहियाबाट दैनिक पर्यटक आउजाउ गरिरहेका हुन्छन् । भारतीय पर्यटकहरु नेपाल घुम्न आउने तथा कामको सिलसिलामा भारत गएका नेपालीहरु फर्किने मुख्य नाकाका रूपमा बेलहिया नाका रहेको छ ।

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया नाका अहिले अलपत्र परेको छ । करिब आठ वर्षदेखि निर्माण भइरहेको बेलहिया–भैरहवा सडकखण्डको बेलहियामा अहिलेसम्म सडक बनिसकेको छैन । मुख्य सडकमै ठूला–ठूला खाल्डा बनेका छन् ।

करिब एक किलोमिटर सडक नबन्दा पर्यटकले सास्ती त पाएकै छन् बेलहिया नाका हुँदै भित्रिने मालबाहक ट्रकहरु पनि दुर्घटनाको जोखिममा रहेका छन् ।

बेलहिया–बुटवल व्यापारिक मार्ग आयोजनाअन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माण भएको छ । अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीन वटा स्थानीय तह क्षेत्रअन्तर्गतको निर्माण सम्पन्न गरेको छैन । बिरुवाले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो ।

हिलो र धुलोका कारण पर्यटक मात्र नभई यहाँ व्यवसाय गर्ने व्यवसायीहरु पनि प्रभावित बनेको स्थानीयवासी विष्णु शर्माले बताए ।

बिरुवा कन्स्ट्रक्सनले यी सडक बनाउन आनाकानी गर्दै आएको छ । सिद्धार्थनगर नगरपालिकाले बेलहिया क्षेत्रमा अलपत्र रहेको सडक निर्माण गर्न पटक–पटक ताकेता गर्दा पनि बिरुवाले यसमा कुनै अग्रसरता नदेखाएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

पौडयाल जस्तै गुनासो सिद्धार्थनगर नगरपालिका प्रमुख ईश्तियाक अहमद खाँको पनि छ । हराभरा, सुन्दर सिद्धार्थनगरको परिकल्पनामा ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सन बाधा बनेको नगर प्रमुखको गुनासो छ । आयोजना नगरपालिका मातहत नहुँदा ठेकेदार कम्पनी उपर कुनै किसिमको कारवाही प्रकियासमेत अघि बढाउन नसकेको उनको भनाइ छ ।

यस विषयमा प्रतिक्रिया लिन ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनका प्रतिनिधिलाई पटक–पटक सम्पर्क गर्दा सफल हुन सकेन ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ९ : ३५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह