पाकिस्तानमा हिन्दू धर्मावलम्बीविरुद्ध ईश निन्दाको मुद्दा दायर « Khabarhub

पाकिस्तानमा हिन्दू धर्मावलम्बीविरुद्ध ईश निन्दाको मुद्दा दायर


२१ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको छ । पाकिस्तानको हैदरवाद सहरमा व्यक्तिगत दुश्मनी साँध्न एकजना हिन्दू धर्मावलम्बीमाथि ईश निन्दाको मुद्दा दायर गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

ती हिन्दू धर्मावलम्बी स्थानीय सरसफाई गर्ने कामदार रहेको जनाइएको छ । ईश निन्दाको मुद्दा दायर गरिएपछि ती हिन्दू धर्मावलम्बीको विरोधमा हिंसात्मक प्रदशर्नको समेत आयोजना गरिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका पत्रकार मुबसिर जइदले जानकारी दिएका छन् ।

अशोक कुमार नाम गरेका ती हिन्दू धर्मावलम्बीमाथि ईस्लाम धर्मको पवित्र ग्रन्थ कुरआनको अपमान गरेको आरोप लगाइएको छ ।

स्थानीय व्यवसायी बिलाल अब्बासीसँग व्यक्तिगत झगडा परेपछि ईश निन्दाको मुद्दा दायर गरिएको हो ।

पाकिस्तानमा ईश निन्दाको कानून निकै कठोर मानिन्छ । आलोचकहरुले भने देशमा रहेका अल्पसङ्ख्यकमाथि दमन गर्न यस्तो कानूनको दुरुपयोग हुँदै आएको बताउने गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ५६ बजे

बदलिँदो युगमा नेपालले पहिल्याउनुपर्ने अबको कूटनीतिक बाटो

हालै मैले बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले गत २२ देखि २६

हलमा रित्तिए नेपाली फिल्म : फ्लपको असर त होइन ?

काठमाडौँ- हलमा नेपाली फिल्म नील भएको छ । अघिल्ला निकट

कुइचोउको छलाङ : कुनै बेला चरम गरिबीसँग जुधेको प्रान्त अहिले डिजिटल अर्थतन्त्रको हस्ती

कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको

विश्वकपमा मेसीको अर्को ऐतिहासिक कीर्तिमान, लगातार ८ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौँ– अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को ऐतिहासिक

विश्वकप फुटबल : अतिरिक्त समयमा केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा