अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण « Khabarhub

टी-ट्वान्टी विश्वकप क्रिकेट

अष्ट्रेलिया नै बाहिरिएपछि रोमाञ्चक सेमिफाइनल समीकरण

भारत, दक्षिण अफ्रिकासँगै पाकिस्तानको सेमिफाइनल सम्भावना कति ?


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयोजक अष्ट्रेलिया टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। सुपर १२ अन्तर्गतका खेलमा नेट रनरेटले पछि पर्दै अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएको हो। अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई हराए पनि सेमिफाइनल पुग्ने उसको सम्भावनामाथि इंग्ल्याण्डले पूर्णविराम लगायो।

इंग्ल्याण्डले श्रीलंकालाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो। ग्रुप १ अन्तर्गत न्युजिल्याण्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७ अंक नै भए पनि नेट रनरेटका आधारमा दुई टिम सेमिफाइनल पुगेका हुन्। रनरेट माइनसमा भएका कारण अष्ट्रेलिया समूह चरणबाटै बाहिरिन पुगेको हो।

अष्ट्रेलियासँगै अफगानिस्तान, श्रीलंका र आयरल्याण्ड पनि प्रतियोगिताबाट बाहिरिए। त्यसमा अफगानिस्तान अभागी ठहरियो। अन्तिम खेलमा अष्ट्रृेलियामाथि ऐतिहासिक जित निकाल्ने प्रयास भए पनि त्यो सम्भव नहुँदा ४ रनको साँघुरो हार व्यहोर्नुपर्यो।

कूल ५ खेलमध्ये तीन खेल हारेको अफगानिस्तानले दुई खेलमा वर्षाका कारण नतिजा निकाल्न सकेन। पाँच वटै खेलमा एउटा पनि जित निकाल्न नसकेपछि कप्तान मोहम्मद नावीले अफगानिस्तान क्रिकेट टिमको कप्तानी पदबाटै राजीनामा दिएका छन्।

चार टिममा सबै अब्बल देखिएका छन्। अष्ट्रेलियालाई घरेलु मैदानको फाइदा हुने भए पनि उसले त्यो अवसर गुमाइसकेको छ।

यद्यपी अफगानिस्तानले विश्वकप छनौटका खेलमा शानदार प्रदर्शन गरेको थियो। सो क्रममा पहिलो खेलमै अफगानिस्तानले एसिया कप विजेता श्रीलंकालाई हराएको थियो। तर विश्वकपको सुपर १२ को दौरानमा वर्षाका कारण उसले आफूसँगका टिमसँग जितको नतिजा निकाल्न सकेन।

अष्ट्रेलिया बाहिरिएको विश्वकपमा सेमिफाइनल समीकरण रोचक बन्ने भएको छ। पहिलो समूहबाट न्युजिल्याण्ड र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्दा दोस्रो समूहबाट भारत र दक्षिण अफ्रिका सेमिफाइनल पुग्ने अपेक्षा छ।

आइतबार बिहानै भएको खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्डलाई हराउन सकेको खण्डमा उसले सहजै सेमिफाइनलको यात्रा तय गर्नेछ। यदि दक्षिण अफ्रिका हारेको खण्डमा भने बंगलादेशलाई हराए पाकिस्तानको भाग्य खुल्नेछ। दिनको अन्तिम खेलमा भारत जिम्बाबेमाथि जित निकाल्न सक्षम देखिन्छ। पाकिस्तानले बंगलादेशलाई हराए पनि उसले सेमिफाइनल यात्रा तय गर्न मुस्किल छ।

यस्तोमा भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र इंग्ल्याण्डले सेमिफाइनलमा एक अर्काविरुद्ध खेल्नेछन्। चार टिममा सबै अब्बल देखिएका छन्। अष्ट्रेलियालाई घरेलु मैदानको फाइदा हुने भए पनि उसले त्यो अवसर गुमाइसकेको छ।

यस्तोमा कंगारु देशमा जसले राम्रोसँग खेल्न सक्छ, उसैले विश्वकप जित्न सक्छ। वर्षाले केही खेलमा बाधा गरेको हुनाले प्रदर्शनकै आधारमा यो टिमले विश्वकप जित्छ भनेर भन्नु पनि क्रिकेट पण्डितका लागि असम्भव छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ०८ बजे

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको