शेयर बजारमा हरियाली, नेप्से २.२५ प्रतिशतले बढ्यो « Khabarhub

शेयर बजारमा हरियाली, नेप्से २.२५ प्रतिशतले बढ्यो


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसूचक २.२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको छ ।

साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २.१३ प्रतिशतले वृद्धि भई ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा पुगेको छ । बिहीबार भने नेप्से परिसूचक ०.८३ अंकले घटेको थियो ।

यस्तै ३९ लाख १३ हजारभन्दा बढीको सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६.२, जीवन बिमा ९५.०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ ।

आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ ।  मानुषी लघुवित्त वित्तीय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तीय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।

एनइएसडिओ समृद्ध लघुवित्त वित्तीयको सेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार कढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ४ : ५२ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला