स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत « Khabarhub

स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीका उम्मेदवारलाई भोट माग्दै निश्चल बस्नेत


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक निश्चल बस्नेत अचेल फुर्सदमा छन् । लामो समयदेखि उनले नयाँ चलचित्रमा काम गरिरहेका छैनन् । ‘लूट ३’ को निर्देशनको तयारीमा रहेका बस्नेत फुर्सदको समय सामाजिक सञ्जालमा प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारलाई भोट मागेर समय कटाउँछन् ।

बस्नेत पुराना दल र नेताहरू मन पराउँदैनन् । गत स्थानीय तहको निर्वाचनमा निश्चल र उनकी पत्नी अभिनेत्री स्वस्तिमा खड्का खुलेरै काठमाडौं महानगरपालिकाको प्रमुखका उम्मेदवार बालेन्द्र साह बालेनको पक्षमा खुलेका थिए । निश्चल त बालेनको एउटा क्याम्पेनर नै थिए । उनले चलचित्र क्षेत्रका केही कलाकारलाई बालेनको पक्षमा लाग्न अभिप्रेरित गरेका थिए ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा निश्चल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा खुलेका छन् । त्यसमा पनि रवि लामिछाने नेतृत्वका दलका उम्मेदवारलाई उनले खुलेरै सामाजिक सञ्जालमा भोट मागिरहेका छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका निश्चल अहिले स्वतन्त्रभन्दा पनि रवि लामिछानेको पार्टीबाट उठेका उम्मेदवारको पक्षमा भोट माग्न लाग्नुले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ता हुन् कि भन्ने सर्वसाधारणलाई परेको छ ।

यदाकदा उनी घन्टी चुनाव चिह्न लिएका बाहेकका उम्मेदवारको पक्षमा पनि खुलेका छन् । उनी डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा पनि खुलेका छन् । कारण डडेल्धुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन् । त्यही भएर उनी देउवाको विपक्षमा उठेका उम्मेदवारको पक्षमा खुलेका हुन् ।

उनी आफ्नो आस्थाले देशलाई फाइदा भएको छैन भन्ने १ प्रतिशत मात्र पनि मनमा लागेको भए मत परिवर्तन गर्न सल्लाह दिन्छन् । उनले फेसबुकमा मत मागेका अधिकांश रवि लामिछानेको पार्टीका उम्मेदवार छन् । बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुबैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन् ।

निश्चल बस्नेतको यो शैलीप्रति प्रमुख दलका शुभेच्छुक भने चिढिएका छन् । बस्नेत यसरी स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेको रिस कांग्रेस, एमाले, माओवादी समर्थित मतदाता उनको नयाँ चलचित्र प्रदर्शन हुने बेला पोख्ने मनस्थितिमा देखिएका छन् ।

‘अहिले जसरी निश्चल बस्नेत स्वतन्त्र उम्मेदवार भन्दै रवि लामिछानेको पार्टीको पक्षमा खुलेका छन्, त्यसले आगामी दिनमा उनले निर्माण गर्ने फिल्मलाई असर पर्ने निश्चित छ । त्यसबेला हामी पनि निश्चल बस्नेतले बनाएको फिल्म नहेरौं भनेर क्याम्पेनिङ गर्छौ,’ काठमाडौं १ का रमेश शिल्पकारले भने ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ०७ बजे

आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानलाई आर्थिक गणनामा सहभागी

केही भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : बायर्न म्युनिखलाई हराउँदै पीएसजी फाइलनमा प्रवेश

काठमाडौँ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फाइनलमा

आईपीएल क्रिकेट : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबाद अंक तालिकाको

संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ