एमाले उम्मेदवार विष्णु पौडेलद्वारा रुपन्देही २ का लागि प्रतिबद्धतापत्र सार्वजनिक « Khabarhub

एमाले उम्मेदवार विष्णु पौडेलद्वारा रुपन्देही २ का लागि प्रतिबद्धतापत्र सार्वजनिक


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुपन्देही २ मा एमालेबाट उम्मेदवार बनेका विष्णु पौडेलले महत्वाकांक्षी र ठूला योजनाहरू समेटेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । बुटवलमा अइतवार प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पौडेलले प्रतिबद्धता सुनाउन नभइ कार्यान्वयन गर्न ल्याएको आश्वासन दिए ।

प्रतिबद्धतापत्रमा पौडेलले सम्पन्न भइसकेका, निर्माणाधीन र नयाँ आयोजनाहरुलाई पनि समेटेका छन् । कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता उनले पुनः दोहोर्‍याएका छन् । यसलाई उनले ड्रिम प्रोजेक्टका रुपमा यसअघि नै अगाडि बढाएका थिए ।  ‘सिँचाई, जलविद्युत्, पर्यटन, खानेपानीका लागि महत्वपूर्ण मानिएको कालीगण्डकी तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रस्तावअनुसार निर्माण अघि बढाइने छ’ उनको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रमा बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । पौडेलले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायत ऐतिहासिक एवं पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने उल्लेख गरिएको छ ।

यस्तै, बृहत् लुम्बिनी क्षेत्र अन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने जनाइएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरिने, आयोजनाको दोस्रो चरणअन्तर्गत अत्याधुनिक अन्तर्राष्ट्रिय टर्मिनल भवन, समानान्तर ट्याक्सी वे लगायत पूर्वाधार निर्माण गरिने उल्लेख छ । यस विमानस्थलबाट संसारका विभिन्न मुलुकमा सुविधाजनक हवाई यात्रा र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

यसअघि पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका पौडेलले प्रतिबद्धतापत्रमार्फत पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ र बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डलाई अत्याधुनिक ६ लेन सडकमा स्तरोन्नती गरिने जनाएका छन् ।

सिद्धार्थ राजमार्गको बुटवल–सुनौली खण्डको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको बाँकी काम यथाशिघ्र सम्पन्न गरिने जनाइएको छ । प्रतिबद्धतापत्रमा भनिएको छ– ‘सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा सुरुङमार्ग निर्माण गरी सञ्चालनमा ल्याइने छ ।’ पूर्वपश्चिम राजमार्गको बुटवलस्थित तिनाउ नदीमा आकर्षक एवम् आधुनिक डिजाइनको सिग्नेचर पुल निर्माण गरिने पौडेलले उल्लेख गरेका छन् ।

निजी क्षेत्रको लगानीमा केबलकार सेवा सञ्चालन हुन लागेका नुवाकोट, वसन्तपुर र आसपासको क्षेत्रलाई हिल स्टेसन र रमणीय पर्यटकीय स्थलमा विकास गरिने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

यसैगरी पुरानो बटौली बजारलाई आधुनिक सुविधा र प्राचीन स्वरूपको ऐतिहासिक सहरमा पुनरुत्थान तथा विकसित गरिने छ । जितगढी र नुवाकोटगढीको उत्खनन्, संरक्षण र विकास गरी आकर्षक पर्यटकीय स्थलका रूपमा विकास गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ ।

बुटवलको अमरपथ, पुल्चोक, गोलपार्क, ट्राफिक चोकलगायत चिडियाखोलादेखि पुष्पलाल पार्कसम्मको क्षेत्रलाई भूमिगत पार्किङ, व्यवस्थित ढल निकास, उच्च गुणस्तरका हरियाली सडक तथा पेटी, विद्युत् र टेलिफोनको भूमिगत प्रसारण र बहुतले व्यापारिक भवनसहितको सफा र आधुनिक सहरमा विकास गरिने छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ३३ बजे

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ