पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’ « Khabarhub

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान अस्पतालबाट ‘डिस्चार्ज’


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तीन दिनको उपचारपछि आइतबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। गत बिहीबार पूर्वप्रधानमन्त्री खानको हत्या गर्ने असफल प्रयास हुँदा खुट्टामा गोली लागी घाइते भएका थिए ।

गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाएपछि गत अप्रिलमा सत्ताच्युत भएदेखि नै तनावमा रहेको देशको राजनीतिक सङ्कट थप चुलिएको छ ।

पूर्व सूचनामन्त्री फवाद चौधरीले एएफपीसँग कुरा गर्दै खानलाई ‘डिस्चार्ज गरिएको’ पुष्टि गरे । एक स्थानीय टिभी च्यानलले उनलाई निलो रङ्गको अस्पतालको गाउन लगाएर लाहोरस्थित एक क्लिनिकबाट ह्वीलचेयरमा निस्कँदै गरेको देखाएको थियो ।

पूर्वी शहर वजीराबादमा बिहीबार राजनीतिक दलको प्रदर्शनको नेतृत्व गरिरहेका ७० वर्षीय खानमाथि उनी चढेको ‘कन्टेनर ट्रक’लाई लक्षित गरी गोली चलाउँदा घाइते भएका थिए ।

आक्रमणमा सम्लग्न भएको आरोपमा एक व्यक्ति हिरासतमा लिइएको छ । सरकारी अधिकारीहरूले आक्रमणलाई ‘एक्लो बन्दुकधारीको काम र धार्मिक अतिवादको एकदम स्पष्ट मामला’ भनेका छन् ।

प्रहरीले सञ्चारमाध्यममा सार्वजनिक गरेको भिडियोमा एक मात्र संदिग्धले खानको प्रदर्शनले प्रार्थनाको आह्वानमा बाधा पु¥याएको कारण खानलाई मार्ने प्रयास गरेको बताएका छन् ।

खानले भने घटनामा दुई जना बन्दूकधारीको सम्लग्नता रहेको दाबी गरे । शुक्रबार अस्पतालबाट पत्रकारसँग कुरा गर्दै उनले घटनाको पछाडि सरिफ, गृहमन्त्री राना सनौल्ला र एक वरिष्ठ गुप्तचर अधिकारीको सम्लग्नता रहेको दाबी पनि गरेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : २६ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी