मानहुँकोटमा पनि बतासको नजर परेपछि तनहुँमा तरंग « Khabarhub

मानहुँकोटमा पनि बतासको नजर परेपछि तनहुँमा तरंग


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न जारी प्रेस विज्ञप्तिको पाँचौँ बुँदामाले तरङ्ग पैदा गराएको हो ।

पाँचौँ बुँदामा लेखिएको छ– मानहुँकोट पर्यटन प्रबद्र्धनका लागि निजी साझेदारी ऐन अनुसार व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित् प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाई सम्झौताको आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।

यो निर्णयले तंरग ल्याउनुको कारण हो व्यास हिल्स प्रालि बतास समूहले खडा गरेको कम्पनी भएकाले । बतास समूह पछिल्लो समय निकै विवादित छ ।

बतासले खडा गरेको व्यास हिल्सले व्यास नगरपालिका–५ मानहुँकोटमा रहेको सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा लिने प्रस्ताव गरेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

व्यास–५ का वडाध्यक्षसमेत रहेका श्रेष्ठका अनुसार व्यास नगरपालिकाले बनाएको भ्युटावरभन्दा तलपट्टिको ५० रोपनी सार्वजनिक जग्गा भाडामा लिन खोजेको छ । जुन जग्गा दमौली बजारतर्फ फर्किएको छ । बतासले मानहुँकोटको निजी जग्गासमेत खरिद गरिसकेको चर्चा चल्न थालेको छ ।

गत वर्षदेखि चर्चामा आएको मानहुँकोटमा बतासको आँखा लागेको छ । बतासको व्यास हिल्सले मानहुँकोटमा चार अर्ब २३ करोड रुपैयाँको लगानी प्रस्ताव पेस गरेको श्रेष्ठले बताए ।

‘पाटनबाट मानहुँकोटसम्म केबलकार, जिपलाइन चलाउने, मानहुँकोटमा सिसाको पुल, होटल रेष्टुरेन्ट चलाउन खोजेको छ । जग्गाको मासिक भाडा बुझाउनेसँगै आम्दानीको पाँच प्रतिशत रोयल्टी बुझाउने गरेर प्रस्ताव पेस भएको छ’, उनले भने ।

बतासको व्यास हिल्सले गत वर्ष नै मानहुँकोटमा रिसोर्ट लगायतका परियोजना बनाउन पेस गरेको प्रस्ताव स्वीकृत गरेर अगाडि बढाउने निर्णय बिहीबार मात्र गरिएको हो । बतासले प्रस्ताव पेस गरे पनि भाडामा दिनेबारे प्रदेश र संघीय सरकारसँग अनुमति लिनुपर्ने उनले बताए ।

बतासले तनहुँमै कृषि सामग्री कम्पनी लिमिटेड दमौलीको जग्गा पनि भाडामा लिएको छ । उसले जग्गा भाडामा लिएवापत बुझाउनुपर्ने २५ लाख रुपैयाँ भन्दा बढी भाडा नतिरेको पाइन्छ । कम्पनीको दमौली बजारमा रहेको ६ हजार ९६२ वर्गफिट जग्गा भाडामा लिएर ४२ वटा सटर बनाई बतासले भाडामा लगाएको छ ।

३० असार २०७४ मा सम्झौता गरेर पाँच बर्षका लागि जग्गा भाडामा लिएको बतासले गत आर्थिक बर्षको भाडा २६ लाख ६० हजार ६३९ रुपैयाँ बुझाएको छैन । दमौलीको जग्गा भाडा कृषि सामग्री कम्पनी लिमिटेड पोखराले बुझ्ने गर्दछ । आर्थिक बर्ष २०७७/७८ असार मसान्तसम्म दमौलीको जग्गा भाडा मात्र बतासले २७ लाख ३५ हजार ३३९ रुपैयाँ बुझाउनुपर्ने थियो । समयममै भाडा नबुझाएपछि दुई लाख २५ हजार ३०० रुपैयाँ विलम्ब शुल्क लागेको छ ।

जग्गा भाडा र विलम्ब शुल्क गरेर २९ लाख ६० हजार ६३९ रुपैयाँ मध्ये तीन लाख रुपैयाँ मात्र यो आर्थिक बर्षमा बतासले बुझाएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराका एक कर्मचारीले बताए । ‘कोरोनाले व्यवसाय धरासयी भएकाले भाडा बुझाउन सक्दैनौँ भनेर पटक–पटक बतासले पत्रचार गरिहेको छ । हामीले पनि भाडा तिर्न ताकेता गर्दै पत्र पठाईरहेका छौँ । तर भाडा बुझाउदैँ ’, ती कर्मचारीले भने ।

चालु आर्थिक बर्षको मंसिरसम्मको पनि ४५ हजार ५०० रुपैयाँ विलम्ब शुल्क बुझाउन बाँकी रहेको उनले जानकारी दिए । हरेक महिनाको ५ गतेभित्र भाडा बुझाउनुपर्ने हुन्छ । भाडा ५ गतेभित्र नबुझाएमा दिनको एक सय रुपैयाँका दरले विलम्ब शुल्क लाग्ने जनाइएको छ ।

कार्यालयका ती कर्मचारीका अनुसार बतासले कृषि सामाग्री कम्पनी लिमिटेड पोखरालाई बुझाउनुपर्ने अघिल्लो आर्थिक बर्षको भाडा समेत बुझाएको छैन ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : १५ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा