नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल « Khabarhub

नारायणहिटीलाई ग्रान्ड म्युजियम बनाऔँ भनेँ, केपी ओलीले व्यापारीलाई भाडामा दिए: माधव नेपाल


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नारायणहिटी संग्रहालयलाई ग्रान्ड म्युजियम बनाउने प्रस्ताव आफूले अगाडि सारे पनि केपी ओलीले गर्न नदिएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नारायणहिटी संग्रहालयमा कसैलाई पनि व्यापार गर्न नदिने बरु ठूलो म्युजियम बनाऔँ भनेको बताए ।

‘मैले नारायणहिटीमा कुनै पनि पसल नराखौँ भनेको थिएँ, केपी ओलीले गर्न दिएनन्, व्यापारीलाई त्यहाँ रेस्टुरेन्ट खोल्न दिएर भ्रष्टाचारलाई प्रोत्साहन दिने काम गरे,’ उनले भने ।

साथै उनले आफू प्रधानमन्त्री हुँदा वि.सं. २०६६ सालमा काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाकको शुरु गरेको तर केपी ओलीले प्रधानमन्त्री भएपछि त्यसलाई अगाडि बढ्न नदिएको पनि आरोप लगाए ।

उनले भने, ‘५५ मिनेटमा पुग्ने फास्ट ट्रयाक छिटो बनोस्, निजगढ विमानस्थलको काम पनि छिटो शुरु होस् भनेको थिएँ तर केपी ओली प्रधानमन्त्री भएपछि माधव नेपालले शुरु गरेको भन्दै बन्नै दिन्न भनेछन्,’ उनले भने ।

भिडियो:

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  २ : २९ बजे

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध