नारायणहिटी दरबार परिसरमा बनाइएका संरचना भत्काइयो « Khabarhub

नारायणहिटी दरबार परिसरमा बनाइएका संरचना भत्काइयो


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टका लागि निर्माण गरिन लागेका संरचना भत्काइएको छ।

रेष्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाइरहेको थियो । ती संरचना भत्काउन सुरु गरिएको नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहले संरचना बनाउन थालेको सार्वजनिक भएपछि पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा संरचना निर्माण गर्न रोक लगाइएको थियो।

पर्यटन मन्त्री आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि एक छानबिन समिति गठन गरेको छ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ८ : २५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच