अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु « Khabarhub

अवरुद्ध विद्युत् र सञ्चार सेवा सुचारु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर – गत विहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध म्याग्दीको धौलागिरि गाउँपालिका –१ गुर्जाको विद्युत् र सञ्चार सेवा सुचारु भएको छ ।

स्थानीयवासीको सहयोगमा विद्युत् र सञ्चारका उपकरणको मर्मत पछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएका धवलागिरि –१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले जानकारी दिए।

उनका अनुसार यही माघ २० गते विहानैदेखि गुर्जामा हिउँले ती उपकरणमा क्षति पुर्‍याए पछि सेवा अबरुद्ध भएको थियो ।

विद्युत् सेवा सुचारुसँगै मोबाइल र इन्टरनेट सेवा समेत सुचारु भएका छन् । गुर्जा क्षेत्रमा अझैसम्म तीन फिटभन्दा बढी हिउँ जमेको उनले जानकारी दिए । यसैगरी हिमपातका कारण अवरुद्ध भएको लुलाङदेखि गुर्जा जाने पदमार्ग पनि खुलाउने प्रयास भैरहेको उनले बताए ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २५ बजे

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै