रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व « Khabarhub

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्घिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर याे पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए ।

वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

आपसी मेलमिलाप र सदभाबको बिकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाँउका सबै जना भेला भई पुजा आजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने