रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व « Khabarhub

रसुवाको उत्तरी भेगका तामाङले मनाए तिर पर्व


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्घिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्ष जस्तै यो वर्ष पनि तिर हानेर याे पर्व मनाएको गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङले बताए ।

वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै संचालन हुन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत समेत गर्ने गरिएको छ ।

आपसी मेलमिलाप र सदभाबको बिकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोग ब्याधि र अनिकाल नपरोस भनि गाँउका सबै जना भेला भई पुजा आजा गरि यो पर्व मनाउने गरिएको समेत उनले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : २५ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं