म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल « Khabarhub

म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४-१ गोलको जित निकालेको हो।

सिटीको जितमा केभिन डे ब्रुएन र रियाद महरेजले दुईदुई गोल गरे। युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए।

खेलको पाँचौ मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा युनाइटेडका लागि सान्चोले गोल गर्दै खेल बराबरीमा फर्काए।

तर, त्यसपछि लगातार गोल खाँदा युनाइटेड पराजित भएको हो। ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ६८ औं मिनेटमा महरेजको गोलमा सिटीले ३-१ को अग्रता बनायो।

खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोल अन्तरले विजयी गराएका हुन्।

शीर्ष स्थानको सिटीले यो जितसँगै २८ खेलमा ६९ अंक जोडेको छ। पाँचौ स्थानको युनाइटेडले ४७ अंक बनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ३२ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं