म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल « Khabarhub

म्यान्चेस्टर युनाइटेडमाथि सिटीको चार गोल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ।

शीर्ष स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ४-१ गोलको जित निकालेको हो।

सिटीको जितमा केभिन डे ब्रुएन र रियाद महरेजले दुईदुई गोल गरे। युनाइटेडका जाडोन सान्चोले एक गोल फर्काए।

खेलको पाँचौ मिनेटमा ब्रुएनले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको २२ औं मिनेटमा युनाइटेडका लागि सान्चोले गोल गर्दै खेल बराबरीमा फर्काए।

तर, त्यसपछि लगातार गोल खाँदा युनाइटेड पराजित भएको हो। ब्रुएनले खेलको २८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। खेलको ६८ औं मिनेटमा महरेजको गोलमा सिटीले ३-१ को अग्रता बनायो।

खेलको इन्जुरी समयमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ गोल अन्तरले विजयी गराएका हुन्।

शीर्ष स्थानको सिटीले यो जितसँगै २८ खेलमा ६९ अंक जोडेको छ। पाँचौ स्थानको युनाइटेडले ४७ अंक बनाएको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ३२ बजे

रसुवाको पुकार, ‘सरकार, फेसबुकमा होइन, हाम्रो आँगनमा आइदिनुस्’

रसुवा- भोटेकोसी र त्रिशूलीको किनारमा ६ दिनदेखि त्रास, अभाव र

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण