सहिद स्मारक ‘बी’ डिभिजनमा अत्यधिक गोल « Khabarhub

सहिद स्मारक ‘बी’ डिभिजनमा अत्यधिक गोल


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहिद स्मारक ‘बी’ डिभिजन लिग काठमाडौँमा जारी छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले यसपटक बी डिभिजन लिगका ९१ खेल सातदोबाटोस्थित एन्फा मैदानमै सन्चालन गर्ने भएको छ ।

१४ क्लब सहभागी रहेको लिगमा दिनको तीन खेल हुने छन् । एन्फाले १८ फागुनबाट सुरु गरेको लिगको १४ खेल समाप्त भइसकेका छन् ।

सम्पूर्ण टिमले दुई दुई खेल खेलेसँगै आज लिगलाई विश्राम दिएको छ । लिगका ७७ खेल बाँकी रहँदा ५० गोल पूरा भएका छन् । औषतमा प्रत्येक खेलमा ३ दशमलब ५७ गोल भएका छन् ।

दोस्रो डिभिजनको जारी लिगमा चर्च ब्वाईज युनाईटेड र टुसाल युथ क्लब तथा मध्यपुर युथ एसोसियसन र सामाजिक युथ क्लबबीच सर्वाधिक ७–७ गोल भएका छन् । दुवै खेलमा ५–२ अन्तरका टुंगिएको थियो । जारी लिगमा बाँसबारी क्लब र टुसाल युथ क्लबीचको खेलमा मात्रै गोल निस्किएको छैन ।

दुई चरणको खेल सकिँदा चर्च ब्वाईजले सर्वाधिक ७ गोल गरेको छ भने मध्यपुर युथ एसोसियसन, श्रीकुमारी क्लब तथा सामाजिक युथ क्लबले ५–५ गोल गरेका छन् ।

दुई खेलमा सतप्रतिशत जित निकालेका चर्च ब्वाईज युनाइटेड र श्रीभगवती क्लब समान ६ अंक भए पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।

चार अंकको सरस्वती युथ क्लब तेस्रो स्थानमा छ । यस्तै, समान तीन अंक भए पनि मध्यपुर, खुमलर युथ क्लब, रानीपोखरी कर्नर टिम आरसीटी, ब्वाईज युनियन क्लब क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

त्यस्तै, नयाँबस्ती युथ क्लब र श्रीकुमारीको समान दुई अंक रहेको छ । यी टिम आठौँ र नवौँ स्थानमा छन् । यता, समान एक अंकका वीरगञ्ज युनाइटेड, झम्सिखेल युथ क्लब, बाँसबारी क्लब, सामाजिक युथ क्लब र टुसाल युथ क्लब क्रमशः १० औँ देखि १४ औं स्थानसम्म छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ०० बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको