जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनलाई मोदीको आग्रह « Khabarhub

जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न पुटिनलाई मोदीको आग्रह


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवम् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको छ । भारतीय विदेशमन्त्रालयले प्रधानमन्त्री मोदीले पुटिनसँग टेलिफोन वार्ता गरेको जानकारी दिएको हो । दुई नेताबीच ५० मिनेट संवाद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनमा विकसित घटनाक्रमबारे पुटिन र मोदीबीच कुराकानी भएको जनाइएको छ । कुराकानीका क्रममा मोदीले पुटिनलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेका थिए ।

जवाफमा पुटिनले युक्रेनसँग जारी शान्तिवार्तामा भएको प्रगति विवरण सुनाएको जनाइएको छ ।

यसअघि मोदीले जेलेन्स्कीसँग पनि टेलिफोन वार्ता गरेका थिए । टेलिफोन वार्ताका क्रममा मोदीले युक्रेनमा फसिरहेका भारतीय विद्यार्थीहरुको उद्धारमा युक्रेनको सहयोग खोजेको बताइएको छ  ।

३५ मिनेटसम्म चलेको जेलेन्स्की–मोदी टेलिफोन वार्तामा युक्रेनका राष्ट्रपतिले भारतले युक्रेनलाई प्रदान गरेको राहत सामग्रीका लागि धन्यवाद प्रकट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ३० बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व