स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने निर्वाचनको चिन्ह हरियो रंगको हुने जनाएको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि मतपत्र छपाई गर्दा चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले स्थानीय तहको निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिए ।

निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरुको मूल्यांकन भइरहेको जानकारी दिए।

त्यस्तै उनले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सुचिकृतका लागि सार्वजनिक सूचना जारी गरिएको पनि बताए ।

त्यस्तै सरकारले आयोगसंग छलफल गरेर अन्यथा निर्णय गरे आवश्यकता अनुसार अन्य तयारी गर्न सकिने अर्यालले बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ०० बजे

इरानको क्रान्ति र निरङ्कुश शासन : नेपालले सिक्नुपर्ने पाठ

इरान सधैँ विश्व राजनीतिको केन्द्रविन्दुमा रहँदै आएको छ । शिया

फिल्म ‘मैसा’मा रश्मिकाको भिन्न लुक्स

काठमाडौं – दक्षिण भारतीय नायिका रश्मिका मन्दन्नाको अभिनय रहेने ‘मैसा’ले

मदन भण्डारी ७४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र