नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो « Khabarhub

नेपालले श्रीलङ्काको नेभी स्पोर्ट्स क्लबलाई हरायो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्का भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय टोली नेभी स्पोर्ट्स क्लबलाई १११ रनको भारी अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २१५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्का नेभी स्पोर्ट्स क्लब २८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो ।

 श्रीलङ्का नेभीका लागि एम मधुशङ्काले सर्वाधिक ३९ रनको योगदान गरे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई/दुई विकेट लिए । सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक/ एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन जोड्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११ र ज्ञानेन्द्र मल्लले दुई रन जोडे । श्रीलङ्का नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार विकेट लिए भने अवादतले तीन विकेट हात पारे ।

संयुक्त अरब इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग–२ को तयारीका लागि नेपाल श्रीलङ्का गएको हो । त्यहाँ नेपालले चार अभ्यास खेल खेल्नेछ । चार अभ्यास खेल सकिएपछि नेपाल त्यतैबाट युएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ९ : १० बजे

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल– धेरैजसो युवाहरू वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’को सूचीबाट हटायो

काठमाडौं- अमेरिकाले सिरियालाई करिब ४७ वर्षपछि ‘आतंकवाद प्रायोजन गर्ने राष्ट्र’ को

ताल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

नुवाकोट– किस्पाङ पुग्नेहरु ताल्चेको भेडा फार्म नहेरी फर्कँदैनन् ।  यहाँको मनमोहक दृश्यावलोकन

इरानमाथि अमेरिकाको थप प्रतिबन्ध

वासिङ्टन– संयुक्त राज्य अमेरिकाले इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा