नेपाल–भारत क्रिकेट टुर्नामेन्ट: पद्मा र एमसीसी विजयी « Khabarhub

नेपाल–भारत क्रिकेट टुर्नामेन्ट: पद्मा र एमसीसी विजयी


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनीमा जारी नक आउट इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा सोमबार पद्मा होटेल क्लब र एमसीसी विजयी भएका छन् ।

लुम्बिनी नव युवा क्लबको अयोजनामा पडरियामा  भइरहेको खेलमा पद्मा होटेलले ओजस क्रिकेट क्लबमाथि ४२ रनले र एमसीसी मोनखोरिएले खान धकदै क्रिकेट क्लब माथि ८ विकेटको जित निकालेका हुन् ।

टस जितेर ब्याटिङ रोजेको पद्मा होटेलले ११ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो ।  होटेल पद्माको सन्जयले ११ बलमा ३३ रन, लातीफले १७ बलमा २२ रन जोडे । अन्य ओजसका इस्रारले ३३ रन खर्चिएर ३ विकेट लिए ।

१०७ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको ओजसले ८ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६४ रन जोड्यो।  ओजसको इस्रारले ११ बलमा २४ रन जोडे ।

ओजसलाई सस्तोमा रोक्न पदमाको मुन्ताजले ३ ओभरमा ३२ रन खर्चिएर ३ विकेट हात पारे ।  खेल को म्यान अफ द म्याच पनि मुन्ताज भए ।

त्यस्तै अर्को खेलमा टस जितेर  ब्याटिङ रोजेको खान धकधई क्रिकेट क्लबले ११ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५९ रन जोड्यो ।  जसका लागि के चौधरीले १२ रन जोडे पनि अन्य खेलाडी टिक्न सकेनन् । एमसीसी मोनखोरिएका राजेशले ४ , मनोजले ३ र सुकलाले २ विकेट लिए ।

६० रनको लक्ष्य पाएको एमसीसीले २ विकेटको क्षतिमा लक्ष्य भेट्यो ।  एमसीसीका सदयमले २० बलमा ३१ रन , मजहरले १२ बलमा २२ रन जोडे । खेलको म्यान म्याच राजेश भए ।

नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमले सहभागिता जनाउँदै छन् । दुईदेशीय प्रतियोगितामा चौथो वर्ष हुँदैछ । प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिज, बेष्ट ब्याट्सम्यान, बेष्ट बलरलाई समेत पुरस्कृत गरिने अध्यक्ष अहमदले बताए । फाइनलमा नेपाल र भारतको टिम दुवै पुगोस् भन्ने उद्देश्यले सोही अनुसार खेल तालिका बनाइएको क्लबका सचिव ईफ्तेखार आलमले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : २५ बजे

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये