नसर्ने रोगको रोकथाम र नियन्त्रणमा बहुपक्षीय सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री खतिवडा « Khabarhub

नसर्ने रोगको रोकथाम र नियन्त्रणमा बहुपक्षीय सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री खतिवडा


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा बहुपक्षीय समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

No description available.

बिहीबार मन्त्रालयमा आयोजित नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।

मन्त्री खतिवडाले राज्यका सबै नीतिको मूल प्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताए । उनले यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ बनाइने जिकिर गरे ।

नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँचवर्षीय (२०७८–८२ )योजना ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  १ : ४७ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’