साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो « Khabarhub

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ ।

भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो ।

चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मुल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्राउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपलमा चीन, फ्रान्स, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।

पछिल्लो सात महिनामा चीनबाट १७ करोड १८ लाख ६८ हजार रुपैयाँमा ७७ लाख ७१ हजार १३४ प्याकेट तास नेपाल आएको छ । सोही समयमा भारतबाट १ करोड ४७ लाख ७१ हजार रुपैयाँमा १६ लाख ३० हजार ९२१ प्याकेट तास नेपाल भित्रिएको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास नेपालले आयात गरेको थियो ।

यस वर्ष चीनबाट मात्र २६ करोड ३२ लाख ४ हजार रुपैयाँको तास नेपालमा आएको थियो । ब्राजिल, जर्जिया, बेलायत, अष्ट्रेलियाबाट पनि यस वर्ष तास भित्रिएको थियो ।

आर्थिक वर्ष २०७६र७७ मा २३ करोड ५४ लाख ९३ हजार रुपैयाँको १ करोड ३२ लाख ६७ हजार ६२२ प्याकेट तास नेपाल भित्रिएको विभागले जनाएको छ ।

आर्थिक वर्ष २०७५- ७६ मा निकै कम तास नेपाल भित्रिएको थियो । उक्त वर्ष २५ हजार रुपैयाँको तास मात्र नेपाल भित्रिएको थियो । त्यसपछिका वर्षहरुमा भने तास ठूलो मात्रामा नेपाल भित्रिदै आएको विभागको तथ्याङ्कले देखाउँछ ।

यसैबीच तासकै कारण नेपालमा वर्षेनी सयौं जना पक्राउ पर्ने गरेका छन् ।

प्रहरीले जुवातास खेलेको आरोपमा उनीहरूलाई पक्राउ गर्ने गरेको छ । पछिल्ला वर्ष वर्षेनी तीन हजारभन्दा बढी जुवातास खेलिरहेको अवस्थामा पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ४ : ३९ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ