निर्वाचन आयोगको आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति « Khabarhub

निर्वाचन आयोगको आचारसंहिताप्रति एमालेको ६ बुँदे असहमति


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिताप्रति असहमति राख्दै ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो ।

एमालेले आयोगले बुझाएको ध्यानाकर्षण पत्रमा स्थानीय पालिका सदस्यहरू, मन्त्री र प्रधानमन्त्रीले चुनावी प्रचार अभियानमा संलग्न हुन नपाइने प्रस्तावको विरोध गरेको छ । उसले मन्त्री, प्रधानमन्त्री पक्षपाती देखिन नहुने भए पनि चुनाव प्रचार नै रोक्नु गलत हुने दाबी गरेको छ ।

आयोगले तयार गरेको आचारसंहिताप्रति एमालेसहित साना दलले प्रश्न उठाउदै आएका छन् । आयोगले चैत २२ मा आचारसंहिताबारे छलफल गर्न दलहरूलाई बोलाउँदा आचारसंहिताका केही बुँदामाथि प्रश्न उठाएर साना दलले होहल्ला गरेका थिए भने एमाले हस्ताक्षर नगरी फर्किको थियो ।

फेरि उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानमा समेत एमालेको असहमति छ । त्यसैगरी एमालेले मतदान अधिकृतले मतपत्र सदर वा बदर गरेको निर्णयमा प्रश्न उठाउन नपाइने प्रस्तावको पनि विरोध गरेको छ ।

 

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : १२ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५