चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण « Khabarhub

चौतारा दारेगौंडामा ६७ फिट अग्लो मूर्तिसहितको बुद्धपार्क निर्माण


२४ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– चौतारा साँगाचोकगढी नगरपालिका-६ स्थित दारेगौंडाको पानी ट्यांकी डाँडामा भगवान गौतमबुद्धको प्रतिमासहितको बुद्धपार्क निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धनका साथै स्थानीयलाई गाउँमै आत्मनिर्भर बनाउने योजना अनुरुप नगरपालिकाको नगर गौरवको योजना अनुसार ६ करोड २१ लाख ५३ हजारमा सो पार्क निर्माण गरिएको हो ।

सदरमुकाम चौतारा बजारबाट आकर्षक हजारौं सिँढी उक्लँदै आरामदायी यात्रासँग पुग्न सकिने उक्त बुद्धमूर्ति ६७ फिट अग्लो रहेको छ । अरनिको राजमार्गको सुकुटे आउने पर्यटकलाई यहाँसम्म ल्याउने योजना रहेको नगरपालिका मेयर अमानसिंह तामाङले बताए । सो बुद्ध पार्कबाट जुगल हिमाल, काभ्रेको प्रसिद्ध पलाञ्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार एक सय ५० मिटरको उचाइमा रहेका पर्यटकीय हिमाली गाउँ ओखरेनीमा रहेको चिया बगानसम्म पर्यटक लैजाने बुद्ध मूर्तिको प्रतिमाले महत्व राख्दछ । सदरमुकामबाट बुद्ध पार्क सवारीको प्रयोगबाट पनि पुग्न सकिन्छ भने आधा घण्टा पैदलबाट पनि जान सकिन्छ ।

बिहीबार सो निर्मित भ्यु टावरसहितको बुद्ध पार्कको सभामुख अग्निप्रसाद सापकोटाले समुद्घाटन गरेका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहिबार  ४ : २६ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको