मधेश प्रदेशका कांग्रेस कोइराला समूहको बैठक जारी « Khabarhub

मधेश प्रदेशका कांग्रेस कोइराला समूहको बैठक जारी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको छ । उक्त बैठक अहिले बर्दिबासस्थित गौतम होटलमा जारी छ ।

निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने बैठकमा सहभागी एक नेताले बताए ।

कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालका अनुसार बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा नै केन्द्रित हुनेछ ।

बैठकमा पूर्वमन्त्री रामसरोज यादव समेत सहभागी छन् । कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेको नेता विनोद खनालले जानकारी दिए ।

Avatar

मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ ।

कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्न नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।

मधेश प्रदेशको यो बैठकले पनि आसन्न निर्वाचनमा कोइराला समूह कसरी परिचालन हुने भन्ने विषयमा छलफल अगाडि बढाइने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ५७ बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५