मधेश प्रदेशका कांग्रेस कोइराला समूहको बैठक जारी « Khabarhub

मधेश प्रदेशका कांग्रेस कोइराला समूहको बैठक जारी


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक राखेको छ । उक्त बैठक अहिले बर्दिबासस्थित गौतम होटलमा जारी छ ।

निर्वाचनमा उम्मेदवार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने बैठकमा सहभागी एक नेताले बताए ।

कोइराला समूहबाट मधेश प्रदेशमा उपसभापतिमा पराजित विनोद खनालका अनुसार बैठक उम्मेदवार छनोट कसरी गर्ने भन्नेमा नै केन्द्रित हुनेछ ।

बैठकमा पूर्वमन्त्री रामसरोज यादव समेत सहभागी छन् । कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेको नेता विनोद खनालले जानकारी दिए ।

Avatar

मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ ।

कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्न नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।

मधेश प्रदेशको यो बैठकले पनि आसन्न निर्वाचनमा कोइराला समूह कसरी परिचालन हुने भन्ने विषयमा छलफल अगाडि बढाइने बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ३ : ५७ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन