सर्लाहीमा बेपत्ता बालककाे शव पाँच दिनपछि सेफ्टी ट्यांकीमा फेला « Khabarhub

सर्लाहीमा बेपत्ता बालककाे शव पाँच दिनपछि सेफ्टी ट्यांकीमा फेला


२४ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ ।

पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो ।

गत २० चैत आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएकाे प्रहरीले पुष्टि गरेकाे छ ।

बालक हराएकाे जानकारी पाएलगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदिश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसन्धान अधिकृतले बताए । पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुरसहित उनको परिवारका ७ जना सदस्यहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुसन्धाबाट अभियुक्तहरूले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।

अभियुक्तहरूले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको पीडित पारिवारिक स्राेतले बताए पनि यसकाे पुष्टि भइसकेको छैन । बेपत्ता बालकको खाेजी गरेर उद्धार गर्ने उद्देश्यसहित खटिएकाले घटनाको अन्य पाटोबारे अनुसन्धान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले बताए । तर, बालककाे शव फेला परेसँगै घटनाबारे थप अनुसन्धान थालिएकाे उनले बताए ।

‘बालकको हत्या गर्नुपर्ने कारण लगायतका बारेमा हामी आनुसन्धान गरिरहेका छौँ’, उनले भने, ‘पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्तो चाँडो बालक फेला पार्नुपर्‍यो । हामी त्यता लाग्यौँ । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिटै खुल्छ ।’ घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने नायव उपरीक्षक बुडाथोकीको भनाइ छ ।

बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरौ गाउँ शाेकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै मृतक बालककी आमा महासुन्दर ठाकुर पटकपटक अचेत भइरहेकी आफन्तले जनाएका छन् । वैदेशिक रोजगारीका रहेका बालकका बुबा दिपेन्द्र छोरा बेपत्ता भएको खबर पाएपछि दुई दिनअघि मात्र घर आइपुगेका छन् । हत्या गरिएका आकाश दिपेन्द्रका जेठा छोरा हुन् भने उनका १ वर्षका अर्का एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७८, बिहीबार  ५ : १७ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द