डक्टर स्ट्रेन्ज समीक्षा : सुपरहिरोको म्याडनेस | Khabarhub Khabarhub

डक्टर स्ट्रेन्ज समीक्षा : सुपरहिरोको म्याडनेस


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल सिनेम्याटिक युनिभर्सको आफ्नै विशेषता छ । 

यहाँ सुपर हिरो छन्, भिलेन पनि छन् । यो संसारमा रमाउने दर्शकका खास हिरो र भिलेन छन् । यो संसार यत्तिकै भने बनेको होइन । बाल्यकालमै कमिक बुक्समा देखिने पात्रलाई ठुलो भएपछि फिल्ममा पाउँदा मार्भलको सिनेम्याटिक युनिभर्सका दर्शक बढिरहेका छन् । फिल्ममा डिजिटल प्रविधिको विकास क्रमसँगै उदाएका सुपरहिरोहरुकै कारणले गर्दा पनि यो संसारको फ्यानमा कमी छैन । तर, पछिल्लो समय मार्भलका सुपरहिरोहरु घट्ने कम पनि उत्तिकै छ । आइरोन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडोले यो संसार छाडिसकेका छन् । यिनीहरूको बिदाई सहज थिएन, मार्भलका दर्शकको लागि । यतिबेला मार्भल सिनेम्याटिक युनिभर्समा स्पाइडर म्यान, डक्टर स्ट्रेन्ज, थोर, हल्क जस्ता सुपरहिरो दर्शकका प्रिय छन् । 

पुराना सुपरहिरोहरु सिनेम्याटिक युनिभर्सबाट हराउँदै गर्दा नयाँ हिरोहरु आइरहेका छन् । मार्भलले कोरोना भाइरसको महामारी पश्चातको समयमा ओटीटीको लोकप्रियतालाइ ध्यानमा राख्दै आफ्ना पात्रहरुलाई डिजिटल प्लेटफर्म मार्फत समेत अगाडि बढाइरहेको छ । पात्रलाई चिनाउने , उसको ब्याक स्टोरीलाई देखाउने मात्र नभई नयाँ सुपरहिरोहरुलाई दर्शक माझ स्थापित गराउने दाउँमा समेत छ । 

मार्भलको फिल्म हेर्न अब एउटा फिल्मले मात्र पुग्दैन । तपाईँले सिरिज र फिल्मलाई हेर्दै जानुभएमा मात्र कथाको मेसो पाउनु हुनेछ । हालै रिलिज भएको बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ लाई बुझ्नलाई छपाइले केही पछाडि फर्किनु पर्ने हुन्छ । मल्टि युनिभर्सको कन्सेप्टलाई मार्भलले ‘वाण्डा भिजन’ सिरिजमा नै प्रस्तुत गरेको थियो । त्यसको निरन्तरता मार्भलको कान्छो सुपरहिरो स्पाइडर म्यानले गर्यो । 

अर्थात ‘डक्टर स्ट्रेन्ज २’ हेर्न तपाइले ‘स्पाइडर म्यान : नो वे होम’ हेरेकै हुनुपर्दछ । अनि मात्र तपाइले पात्रको सेटअपलाई बुझ्नु हुनेछ । हरेक पात्र र फिल्मसँग जोड्न मार्भलको यो टेक्निकले काम पनि गरिरहेको छ । यसका साथै मल्टि युनिभर्सको कन्सेप्टलाई लोकी मा पनि केही हदसम्म प्रस्तुत गरिएको थियो । यद्यपि  ‘डक्टर स्ट्रेन्ज २’ सिधै वान्डा भिजन र पछिल्लो स्पाइडर म्यानसँग जोडिएको छ । 

‘डक्टर स्ट्रेन्ज : इन द मल्टिभर्स अफ म्याडनेस’ को कथा स्पाइडर म्यानकै निरन्तरता हो । जहाँ स्पाइडर म्यानसँग अन्य युनिभर्सबाट पात्रहरू आउँछन्। त्यहीँ क्रमलाई फिल्ममा जोडिएको छ । स्पाइडर म्यानको गल्ति अन्य युनिभर्सका सदस्यहरू आएपछि फर्काउने बेलामा भएको गल्तिका कारण यहाँ अन्य सदस्यहरू पनि आएका छन् । एक पात्र छिन् , अमेरिका । उनी आफ्नो शक्तिका कारण अन्य युनिभर्समा डुल्न सक्छिन् । यद्यपि त्यो शक्ति कन्ट्रोल गर्ने क्षमतालाई उनले बुझ्न सकेकी छैनन् । यसैले डराएर उनी कहाँ र कुन युनिभर्समा पुग्छिन् ? उनलाई स्वयम् थाहा छैन । 

उनी यही क्रममा आइपुग्छिन, डक्टर स्ट्रेन्ज कहाँ । आफ्नै प्रेमिकाको विवाह पार्टीमा सहभागी स्ट्रेन्जले अमेरिकाको रक्षा गर्छन् । त्यसपछि उनले आफ्नो कम्बरताजमा अमेरिकालाई लाग्छन् । त्यहाँ मल्टिभर्सको बारेमा जानकारी पाएपछि र त्यो शक्तिलाई प्राप्त गर्न अन्य युनिभर्सका केही व्यक्ति लागेको थाहा पाएपछि उनले रक्षा गर्ने दायित्व लिन्छन । देखिरहने सपनालाई अन्य युनिभर्सको रियालिटी भएको थाहा पाएपछि डक्टर स्ट्रेन्ज आफ्नो एभेन्जर्स साथी वान्डा म्याक्सिमम कहाँ पुग्छन् । 

आफ्नो विशेष शक्तिसँगै वान्दाले भिजनसँगै दुइ बच्चाको लागि संसार नै छुटै बनाएकी हुन्छिन् । रियालिटीमा वा यो समयमा परिवार साथ् नहुने भएपछि उनले आफ्नो छुटै युनिभर्स समेत बनाएकी हुन्छिन् । तर , त्यसमा उनि लामो समय रहन सक्दिनन् । यसैले गर्दा वान्डामा अमेरिकाको शक्ति लिएर आफ्नो परिवारसँग अन्य युनिभर्समा गएर बस्ने लालच पैदा हुन्छ । विश्वको रक्षक बनेकी वान्डा आफ्नो बच्चाको लागि जे सुकै गर्न तयार हुन्छिन् । त्यसपछिको लडाई एभेन्जर्स वान्डा भर्सेस एभेन्जर्स डक्टर स्ट्रेन्जको हुन्छ । यहिँ फिल्मको रोचकता हो । 

स्पाइडर म्यानको तीनै सिरिजलाई निर्देशन गरेर सन् २००७ मै एमसीयुबाट टाढिएका निर्देशक सामुएल मार्शल राइमीले यसलाई निर्देशन गरेका छन् । उनले आफ्नो निर्देशकीय स्वादलाई यसमा समेत निरन्तरता दिएका छन् । ‘स्पाइडर म्यान : ३’ लाई जसरि उनले थ्रीलरसँग हररको स्वाद मिक्स गरेर तयार गरेका थिए । यसपटक डक्टर स्ट्रेन्जसँग पनि त्यहीँ गरेका छन् । उनले मल्टिभर्समा थ्रीलसँगै हररको स्वाद मिक्स गरेका छन् । यद्यपि फिल्म हरर भने होइन । तर, जादु तथा आत्माको मिलनलाई भने देखाइएको छ । 

फिल्ममा केही ‘सरप्राइज’ छन् । जसले मार्भलको आउँदो समयका फिल्महरुलाई ‘लिंक’ पनि गरेको छ । मार्भलका सुपरहिरोहरु विस्तारै दर्शकसँग कनेक्ट हुँदैछन् । उनीहरु पनि सबै लडाई लड्न शक्तिका कारण मात्र सक्षम छैनन् । उनीहरुले लडाईलाई शक्तिसँगै बौद्धिकता मिक्स गरेर जित्ने गरेका छन् । यद्यपि निर्देशक राइमीले यसलाई डार्क शैलमा तयार गरेकाले पात्रको समवेदना सहजे दर्शकसँग जोडिदैनन् । भिएफएक्सलाई केही हदसम्म पात्र सम्भावना अनुसार प्रस्तुत गरिएता पनि फिल्मको गतिले गर्दा सजिलै पात्रसँग कन्टेक्ट गर्न सकिदैन । 

बेनेडिक्ट कुम्बरब्याचसँगै एलिजाबेथ ओल्सेन, चिवेटोल इजोफोर, बेनेडिक्ट वङको मुख्य भूमिका रहेको फिल्मले मार्भलका दर्शकलाई नयाँ टेस्टसँगै शैली पनि दिएको छ । निर्देशक राइमीले मार्भलका फ्यानहरुलाई नयाँ स्वाद दिन खोजेका छन् । त्यो पनि आफ्नै शैलीमा । यसलाई मार्भल सिनेम्याटिक युनिभर्सलाई हेरिरहने दर्शकले कसरी लिन्छन रु यो भने हेर्न बाँकी छ । यो फिल्मलाइ हेर्नलाई वा बुझ्नलाई माथि उल्लेखित सिरिजहरु वान्डा भिजन , लोकी , ह्वाट इफ तपाईँले हेर्नु पर्छ । यसले तपाइँलाई वान्डाको पात्रको सेटअप बुझाउछ । 

यी एभेन्जर्सले यहाँ किन के गरोरहेकी छिन् , त्यो बुझाउछ । यस्तै , मल्टिभर्सको कन्सेप्टलाई समेत चिनाउछ । र, ‘स्पाइडर म्यान’ को पछिल्लो सिरिज नो वे होमले यसको कथा र पात्र डक्टर स्ट्रेन्जको सेटअपलाई बुझाउछ । मार्भल सिनेम्याटिक युनिभर्सको तपाइँ पुरानो दर्शक हो भने यो फिल्मले तपाइँलाई त्यति धेरै निराश बनाउदैन । 

यद्यपि तपाइँ यसै फिल्मबाट एमसीयुको दर्शक बन्न चाहनुहुन्छ भने यो फिल्म तपाइँको लागि सहि नहुन सक्छ । किनकी यहाँको पात्र यही तयार भएका होइनन् । यिनको पछिल्लो कथा बुझ्न तपाइले एमसीयुको पछिल्लो फिल्महरु हेर्नै पर्छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : २७ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै