सी डिभिजन लिग : झापाको पाँचौँ जित « Khabarhub

सी डिभिजन लिग : झापाको पाँचौँ जित


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहिद स्मारक सी डिभिजन लिगमा झापा फुटबल क्लबले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बिहान भएको खेलमा झापाले सानेपा क्लबलाई २–१ को गोलअन्तरले पराजित गरेको हो ।

झापाका लागि हरिबहादुर आले मगरले २ गोल गरे भने सानेपाको लागि महेन्द्र शाहीले १ गोल फर्काए । झापाका मगर म्यान अफ द म्याच घोषित भए ।

आजको दोस्रो खेलमा वीरगन्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । वीरगन्ज ३ अंकसहित तालिकाको १३औँ स्थानमा छ भने ७ अंकसहित समाज कल्याण आठौँ स्थानमा छ ।

तेस्रो खेलमा प्लानिङ ब्वाईज युनाईटेड र रानीवन स्पोटर्स क्लब दिउँसो ४ बजे भिड्नेछन् ।  ९ अंकसहित प्लानिङ ९ औँ स्थानमा छ भने रानीवन ७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  १२ : ४८ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर