गठबन्धनलाई सफल पारी प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ : देउवा « Khabarhub

गठबन्धनलाई सफल पारी प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ : देउवा


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको उद्देश्य गठबन्धनलाई सफल पार्ने भएको स्पष्ट पारेका छन् ।

देउवाले तनहुँको दमौलीमा कांग्रेसद्वारा आयोजित चुनावीसभामा गठबन्धन राष्ट्रिय ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले भने, ‘गठबन्धनलाई सफल पार्नुछ । गठबन्धनलाई असफल पार्ने तत्वहरू लागेका छन् । स्वदेशी विदेशी जोसुकै हुन, गठबन्धनलाई सफल पार्ने एउटा मात्रै उद्देश्य नेपाली कांग्रेससँग छ । नेपाली कांग्रेसले कुनै पनि हालतमा गठबन्धनलाई सफल पारेर प्रजातन्त्रलाई स्थायी रूपमा बचाउनु पर्छ ।’

उनले स्थानीय तह निर्वाचन हुन्छ हुँदैन भन्दाभन्दै हुन लागेको बताए । ‘स्थानीय तह निर्वाचन हुने माहोल बनेको छ । चुनाव हुन्छ र हुँदैन भन्दाभन्दै हुने भयो त । कसैले पत्याएका थिएनन् । गठबन्धनको एउटै उद्देश्य छ स्थानीय पालिकादेखि राष्ट्रियसम्म जाने,’ उनले भने ।

उनले तनहुँमा गठबन्धनलाई अत्यधिक बहुमतले जिताउन पनि आग्रह गरे । तनहुँमा सत्तारुढ दलबीच दुई स्थानीय तहमा मात्रै गठबन्धन भएको छ । दलहरूको आ–आफ्नै अडानका कारण जिल्लाको अन्य आठ स्थानीय तहमा गठबन्धन भएन् ।

भाषणको अन्तिममा उनले फेरि गठबन्धनलाई सफल पार्न आह्वान गरे । ‘अन्तमा मलाई धेरै भन्नु पनि छैन । आजै यहाँबाट जनकपुर जानु छ, काठमाडौँ फर्कनुछ । भोलि दाङ पोखरा जाने भएकाले धेरै बोल्न नसकेकोमा म माफी चाहान्छु । यति भन्दै फेरि पनि भन्छु म गठबन्धनलाई सफल पारौँ । गठबन्धनलाई सफल पारौँ । गठबन्धनको खिलाफमा लागेका तत्वलाई गठबन्धनलाई जिताएर दबाब दिन पनि हार्दिक अनुरोध गर्न चाहन्छु ।’

 

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ३ : ३३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर